चितवन, ४ भदौ । चितवनमा आर्थिक वर्ष २०७४/७५ मा दुई लाख पर्यटक पुगेका छन् । जसमध्ये एक लाख ५२ हजार पर्यटकले चितवन निकुञ्जको अवलोकन गरेका छन् ।
आर्थिक वर्ष २०७३/७४ मा भन्दा आर्थिक वर्ष २०७४/०७५ मा १२ हजार ६९३ पर्यटक बढी भित्रिएका हुन् । आर्थिक वर्ष २०७३/७४ मा एक लाख ३९ हजार ९७८ पर्यटक निकुञ्जको अवलोकनका लागि पुगेका थिए ।
पर्यटकको संख्या वृद्धिसँगै निकुञ्जको राजश्व समेत वृद्धि भएको छ । निकुञ्जले २४ करोड ८१ लाख ९९ हजार राजश्व संकलन गरेका निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । आर्थिक वर्ष २०७३/७४ मा २२ करोड ५१ लाख ६३ हजार राजश्व संकलन भएको थियो ।