आर्थिक वर्ष २०७४/७५ मा चितवनमा दुई लाख पर्यटक | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

आर्थिक वर्ष २०७४/७५ मा चितवनमा दुई लाख पर्यटक

चितवन, ४ भदौ । चितवनमा आर्थिक वर्ष २०७४/७५ मा दुई लाख पर्यटक पुगेका छन् । जसमध्ये एक लाख ५२ हजार पर्यटकले चितवन निकुञ्जको अवलोकन गरेका छन् ।

आर्थिक वर्ष २०७३/७४ मा भन्दा आर्थिक वर्ष २०७४/०७५ मा १२ हजार ६९३ पर्यटक बढी भित्रिएका हुन् । आर्थिक वर्ष २०७३/७४ मा एक लाख ३९ हजार ९७८ पर्यटक निकुञ्जको अवलोकनका लागि पुगेका थिए ।

पर्यटकको संख्या वृद्धिसँगै निकुञ्जको राजश्व समेत वृद्धि भएको छ । निकुञ्जले २४ करोड ८१ लाख ९९ हजार राजश्व संकलन गरेका निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । आर्थिक वर्ष २०७३/७४ मा २२ करोड ५१ लाख ६३ हजार राजश्व संकलन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);