२८ बैंकको कमाई ५३ अर्ब | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

२८ बैंकको कमाई ५३ अर्ब

bank

काठमाडौं, १ भदौ । लगानीयोग्य रकम अभाव भएको भन्दै गत आर्थिक बर्षका अधिकांश महिनामा बैंकहरुले ऋण प्रवाहमा कडाई गरे पनि नाफामा त्यसको असर देखिएन ।

अघिल्लो आर्थिक बर्षको तुलनामा बैंकहरुको नाफा साढे १८ प्रतिशत बढ्नुले यो पुष्छि हुन्छ । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुले गत आर्थिक बर्षमा कुल ५३ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक बर्षको अन्त्यमा ती बैंकहरुको यस्तो नाफा ४४ अर्ब ८४ करोड रुपैयाँ थियो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।