नेपालमा हस्तकला सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

नेपालमा हस्तकला सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं, ३१ साउन । नेपालमा हस्तकला सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल हस्तकला महासंघकले हस्तकलाको बजार प्रवर्द्धन, कलाकार तथा कालिगढहरुको क्षमता अभिबृद्धि, पर्यटन प्रवर्द्धन र आपसी अनुभव आदानप्रदान गर्न सम्मेलन आयोजना गर्न लागेको हो ।

महासंघले विहीबार पत्रकार सम्मेलन गरी आगामी भाद्र १४ देखि १६ गतेसम्म सम्मेलन हुने जानकारी दिएको हो । सम्मेलनमा विभिन्न देशका हस्तकला क्षेत्रका एक सयबढी प्रतिनिधि सहभागी हुनेछन ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनको दुइमहिनापछि हस्तकला ब्यापार मेला हुने महासंघले जनाएको छ । व्यापार मेला आगामी कातिक २९ देखी मंसिर २ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा संचालन हुने महासंघले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);