फोहोरले कुरुप बन्दै धनगढी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

फोहोरले कुरुप बन्दै धनगढी

fohor dhangadhi

तेज बोहरा
कैलाली, ३१ साउन । प्रदेश नम्बर ७ को अस्थायी राजधानी रहेको धनगढीमा प्रमुख सडक फोहोरले कुरुप बनेको छ । धनगढी उपमहानगरपालिकाले फोहोर व्यवस्थापन नगर्दा स्थानीयलाई सास्ती भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिकाले फोहोर व्यवस्थापन नगर्दा प्रदेश ७ को अस्थायी राजधानी धनगढीका सडक कुरुप भएको छ । बर्षातको समयमा नगरपालिकाले नालाको फोहर नउठाउँदा सडक हिलाम्मे भएको छ ।जसका कारण स्थानीय र व्यापारी मारमा परेका छन् । यता धनगढी उपमहानगरपालिकाले बर्षातको समया नालीको फेहर उठाउने साधन उपमहानगरपालिकासँग नभएका कारण समस्या भएको बताएको छ ।

साघुरो सडक र खाल्डा खुल्डीका कारण दुर्घटान बढिरहेको छ । अर्कोतर्फ सडकको दुबैतर्फ फोहर थुप्रिदा सडक अस्तव्यस्त भएको भन्दै तत्काल फोहोरको व्यवस्थापन गर्न स्थानीयले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);