नेपालमा खेल पर्यटनको प्रचुर सम्भावना : मुख्यमन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नेपालमा खेल पर्यटनको प्रचुर सम्भावना : मुख्यमन्त्री पौडेल

चितवन, ३० साउन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा खेल पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् । मुख्यमन्त्री पौडेलले खेलकुदको माध्यामबाट पर्यटन भित्र्याउने योजना पनि अघि सारेका छन् ।

बुधबार चितवनको सौराहामा आयोजित अखिल नेपाल फुटबल संघको १७ औं विशेष साधारण सभामा बोल्दै उनले केन्द्र सरकारले खेलकुद क्षेत्रको विकासमा चाँसो नदिएको गुनासो गरे ।

उनले अन्तर्राष्ट्रिय खेलकुद आयोजना गरेर पर्यटकहरुलाई नेपालमा भित्र्याउन स्थानीय, प्रदेश र केन्द्र सरकारले जोड दिनुपर्ने आवश्यक्ता औंल्याए । खेलकुद क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउन सकिने मुख्यमन्त्री पौडेलको भनाई छ ।

मुख्यमन्त्री पौडेलले खेलकुद क्षेत्रको विकासका लागि भाषणभन्दा पनि कामै गरेर देखाउनुपर्ने बेला आएको बताए । नेपालको पहिचान खेलाडीहरुले दिने गरेको उनको दावी थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);