एजेन्सी, ६ भदौ । बार्सिलोनामा अन्धाधुन्ध गाडी चलाएर आक्रमण गर्ने चालक युनुस अबुयाकुब स्पेन प्रहरीको कार्वाहीमा मारिएका छन् ।
स्पेन प्रहरीले आक्रमणमा संलग्न भनिएका अबुयाकुब नै भ्यान चालक भएको पुष्टि गरेको छ । अबुयाकुबले बाटोमा हिंडिरहेका मानिसमाथि गाडी चढाएका थिए । त्यस घटनामा १३ जनाको ज्यान गएको थियो भने एक सय जनाभन्दा बढी घाइते भएका थिए । अबुआयकुब लुकेर बसेको सूचना प्राप्त गरेपछि प्रहरीले घेराबन्दी गरी उनलाई समात्न खोजेको थियो । भाग्न खोज्दा आफूले चलाएको गोली लागि उनी मारिएको स्पेन प्रहरीले जनाएको छ ।
सिसिटिभी फुटेजका आधारमा बार्सिलोना आक्रमणमा संलग्न २२ वर्षिय अबुयाकुबको पहिचान भएको थियो ।