बारा, २७ साउन । बारा प्रहरीले ५० किलो गाँजा र ३ हजार ५ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय सिमराले ५० किलो गाँजा र ३ हजार ५ सय लिटर घरेलु मदिरा नष्ट गरेको हो ।
विभिन्न समयमा प्रहरीले बरामद गरेको गाँजा र मदिरा सरोकारवाला नियकायको उपस्थितमा नष्ट गरेको हो । पछिल्लो समय बारा प्रहरीलेसवारी साधनको चेकमा पनि कडाइ गरेको छ ।