कोरीयाली कम्पनी एसवाइए प्यानलको उत्पादन चितवनमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरीयाली कम्पनी एसवाइए प्यानलको उत्पादन चितवनमा सुरु

korean undhyog in chitwan

चितवन, २६ साउन । चितवनको रत्ननगरमा कोरीयाली कम्पनी एसवाइए प्यानलले आफ्नो उत्पादन सुरु गरेको छ । यसै हप्ताबाट कम्पनीले कोरियन प्रबिधिबाट आवास निर्माणसम्बन्धी उत्पादन सुरु गरेको हो ।

कम्पनीले विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन गर्ने जनाएको छ । शतप्रतिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको कम्पनिको उत्पादनहरु भूकम्प प्रतिरोधी, सस्तो र ६० बर्षसम्म टिकाउ हुने जनाइएको छ । नेपालमा भूकम्पपछिको सुरक्षित पुनर्निर्माणमा कम्पनीको उत्पादन उपयोगी हुने दाबी गरिएको छ ।

कम्पनिद्वारा उत्पादन हुने छाना र वालले ८ देखि १० डीग्रीसम्म तापक्रम रोक्नसक्ने दाबी गरिएको छ । १२ सय डिग्रीको तापक्रममा कलर कोट गरिएको स्टील दुई तिर र बिचमा पोलिटाइरोन इन्सुलेसन गरिने भएकोले यो प्यानलले चिसोतातो रोक्न मद्दत गर्ने कम्पनीको दाबी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);