नेपाली र कोरियन प्यानलवीच समझदारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाली र कोरियन प्यानलवीच समझदारी

भक्तपुर। नेपाल इको प्यानल र कोरियन कम्पनी एसवाई प्यानल लिमिटेडवीच सोमबार एउटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।समझदारीपत्रमा नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवाल र एसवाई प्यानलका जनरल म्यानेजर विमलराज गोसाईले हस्ताक्षर गरेका छन् । एसवाई प्यानलद्धारा उत्पादित छाना र नेपाल इको प्यानलद्धारा उत्पादित प्यानल एकअर्कामा बजार प्रबद्र्धन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस्तै दुई वटा कम्पनीवीच आआफूसँंग भएको प्रविधि आदानप्रदान गर्ने पनि सम्झौता पनि भएको छ । सम्झौतमा एसवाई प्यानलले उत्पादन गर्दै आएको युपीभसीको झयालढोका उत्पादन गर्दाको प्रविधि पनि एक आपसमा आदानप्रदान गर्ने सम्झौता भएको छ।

एसवाई प्यानलले युपीभीसीका झयालढोकाको साथसाथै छानामा प्रयोग हुने स्याण्डविच  प्यानलहरु उत्पादन गर्दै आएको छ भने नेपाल इको प्यानलले स्थायी तथा अस्थायी संरचनामा भित्री वा बाहिरी पार्टेशनको  वालको रुपमा प्रयोग  हुने वातावरण मैत्री निर्माण सामाग्री उत्पादन गर्दै आएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);