बर्षे धानको न्युनतम समर्थन मुल्य निर्धारण | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

बर्षे धानको न्युनतम समर्थन मुल्य निर्धारण

dhan

काठमाडौं, २४ साउन । सरकारले बर्षे धानको मुल्य तोकेको छ । मन्त्रीपरिषद्को बैठकले बर्षेधानको मुल्य तोकेको हो । आर्थिक वर्ष २०७५/७६ का लागि बर्षे धानको न्युनतम समर्थन मुल्य मोटा धानको २ हजार ३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा प्रतिक्वीन्टल कायम गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

त्यसैगरी सरकारले पोखरा लेखनाथ महानगरपालिकाको नाम परिर्वतन गरेर पोखरा महानगरपालिका मात्रै कायम गरेको छ । बैठकले जातिय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक, आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सामाजिक सुरक्षा सम्बन्धी विधेयक र अपराधबाट पीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश नम्बर ५ का कामयुकायम प्रमुख सचिव तीर्थराज ढकाल र प्रधानमन्त्री कार्यालयका सह सचिव आनन्दराज ढकाललाई विशिष्ट श्रेणीमा बढुवा गर्दै तीर्थराज ढकाललाई ५ नम्बर र आनन्दराज ढकाललाई प्रदेश नम्बर ३ को प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

गृहमन्त्रालयका सहसचिव केदार न्यौपानेलाई विशिष्ट श्रेणीमा कायम मुकायम तोक्दै प्रदेश नम्बर १ को प्रमुख सचिवमा पदस्थापन गरिएको छ । त्यसैगरी प्रदेश नम्बर ३ का प्रमुख सचिव रश्मीराज पाण्डेलाई प्रधानमन्त्री कार्यालयमा पदस्थापन गरिएको छ ।

नेपाल लेखा परीक्षण सेवाको विशिष्ठ श्रेष्ठीमा राममाया कुवँरलाई बढुवा गर्ने निर्णय भएको छ । सरकारले साविकको राष्ट्रिय दलित आयोगको सचिवालयबाट हुँदै आएको जातिय प्रमाणपत्र वितरण र जातिय सिफारिसको कार्य अबदेखि सम्बन्धीत गाउँ, नगर, उपमहानगर वा महानगरपालिकाहरुको वडा कार्यलयहरुबाट उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);