डडेल्धुरा, २३ साउन । डडेल्धुरा प्रहरीले अवैध रुपमा भन्सार छलेर ल्याएको दुई लाख बराबरको समान बरामद गरेको छ । तातापानी नाका भन्सार छलेर ल्याएको कपडा बरामद गरेको हो ।
प्रहरीले परशुराम नगरपालिका–१२ सिद्धथान नजिकै सडक छेउमा छोडिएको अवस्थामा सामान बरामद गरेको हो । पछिल्लो समय अवैध समान भारतको टनकपुर भएर जोगबुडाको तातापानी नाकाबाट भित्रिने गरेको छ ।