निशान खड्काको हत्याबारे सदनलाई जानकारी गराउन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

निशान खड्काको हत्याबारे सदनलाई जानकारी गराउन माग

काठमाडौं, २३ साउन । राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले काँडाघारीका बालक निशान खड्काको हत्याबारे सदनलाई जानकारी गराउन सरकारसंग माग गरेका छन् ।

राष्ट्रियसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले बालक हत्याबारे एक अर्कामा विरोधाभास सूचना आईरहेको भन्दै यथार्थ जानकारी गराउन सरकारसंग माग गरे ।

समयमै प्रहरीले सुझबुझ पुर्ण निर्णय लिएको भए बालकको हत्या नहुने भन्ने टिप्पणी पूर्व प्रहरीका उच्च अधिकारीबाट आउने गरेको भन्दै उनले प्रहरीको भूमिका र घटनाको वस्तुगत यथार्थताबारे गृहमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने माग गरे ।

समयमै रेस्कु गर्न नसक्नुमा सरकारको संयन्त्र नै असफल भएको पुष्टी भएको भन्दै उनले भने “बालकको हत्या हुनुमा कसको दोष हो ? रेस्कु गर्न नसक्नु सरकारको दोष हो कि होइन ? सरकारको संयन्त्र फेल भा हो कि होइन ?” प्रहरीले भनेको इन्काउण्टरमा मानवअधिकारको उंलघन भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले भने “सम्पुर्ण समाचारले बालक हत्यामा संलग्नलाई प्रहरीले छिमेकी सबैको आँखा अगाडि दिउँसो समातेर लगेको भन्ने देखाएको छ । पछि इनकाउण्डटरमा मारिएको भनिएको छ । नेपाललाई दक्षिण पुर्वी एशियाको मुलुक जस्तै बनाउन लागेको हो ? यो छुट दिएको हो ? ”

घटना प्रति राष्ट्रिय मानवअधिकार आयोगको पनि कुनै धारणा नआएको भन्दै उनले त्यसतर्फ पनि आयोगको ध्यानाकर्षण गराए । त्यसैगरी उनले कंचनपुर घटनाबारे पनि सरकारले सदनलाई जानकारी गराउनुपर्ने माग गरे ।

उनले भने “कञ्चनपुरको घटनामा सरकार कहाँ छ ? कञ्चनपुरका लागि सरकार छ कि छैन यो कुराको जानकारी हामीलाई आवश्यक छ ।”

रेडियो नेपाललाई भनेर नेपाल सरकारले उपलब्ध गराएको खुमलटारको जग्गा निजी प्रयोजनका लागि लिजमा दिने काम भएको भन्दै उनले गम्भीर आपत्ती जनाए ।

त्यसैगरी चितवनको भरतपुरस्थित विपि कोइराला क्यान्सर अस्पतालको जग्गा भरतपुर महानगरपालिकालाई दिने निर्णयको पनि विरोध गरे । यी घटनालाई लिएर थप हिंसा भड्कन नदिनका लागि पहिले नै सचेत हुन उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);