अचम्मको 'घाँस' जहाँ बाँदर पर-परै भाग्छ ! बाँदर रोक्न 'बाँदर घाँस' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अचम्मको ‘घाँस’ जहाँ बाँदर पर-परै भाग्छ ! बाँदर रोक्न ‘बाँदर घाँस’

monkey

काठमाडौं, २३ साउन । बाँदरले अचाक्ली दुःख दिन थालेपछि तामाकोसी गाउँपालिकाले बाँदर घाँस रोप्ने नीति लिएको छ । पहिलो चरणमा भीरकोटमा मोलसेस जातको घाँस रोपेर बाँदरको क्षति रोकथाम गरिएको छ ।

बाँदर घाँस रोपेपछि बाँदरको विगबिगी घटेको भीरकोटवासीले बताएका छन् । मोलसेस जातको घाँसमा बाँदरलाई मन नपर्ने गन्ध आउने, बोट बाक्लो हुने, पातमा झुस आउने र च्यापच्याप लाग्ने तेलजस्तो पदार्थ निस्कने भएकाले बाँदर यसको वरिपरि नै जाँदैन ।

यो घासबाट निस्कने झुस शरीरमा टाँसिएपछि निकाल्न नसकिने भएकाले बाँदर टाढैबाट फर्किने गाउँपालिका प्रमुख ईश्वरपचन्द्र पोखरेलले बताए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);