काठमाडौंमा केवल तार व्यवस्थापनको काम सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

काठमाडौंमा केवल तार व्यवस्थापनको काम सुरु

taar milaudai

काठमाडौं, २२ साउन । केवल व्यवसायीहरुले काठमाडौं महानगरपालिकालाई कुरुप बनाईरहेको केवल तारहरुको व्यवस्थापनको काम सुरु गरेका छन । नेपाल केवल टेलिभिजन महासंघको अगुवाईमा केवल व्यवसायीहरुले सडकलाई नै कुरुप बनाईरहेको केवल तारहरुको व्यवस्थापनको काम मंगलबार एयरपोर्टबाट सुरु गरेका हुन ।

आसन्न विमस्टेक (प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास) को चौंथो शिखर सम्मेलनमा आउने सदस्य राष्ट्रका पाहुनाका सामू सडकको सौन्दर्य बिग्रन नदिन पनि केवल तार व्यवस्थापनको काम सुरु गरिएको महासंघका कार्यकारी निर्देशक राधेश्याम लेकालीले जानकारी दिए ।

आगामी भदौं १४ गतेबाट विमस्टेकको चौंथो शिखर सम्मेलन काठमाडौंमा आयोजना हुँदैछ । महासंघले सोही शिखर सम्मेलनमा आउने पाहुनाहरुलाई ध्यानमा राखेर सडकमा अव्यवस्थित ढंगले रहेका केवल तारहरुलाई व्यवस्थित बनाउन सुरु गरेको हो ।

एयरपोर्टबाट सुरु गरिएको केवल तार व्यवस्थापनको काम सोल्टीमा पुगेर समापन गरिनेछ । करिव २ हप्ता भित्र सक्ने गरी केवल तार व्यवस्थापनको काम सुरु गरिएको हो । महासंघले केवल तार व्यवस्थापनका लागि सबै केवल कम्पनीबाट आवश्यक सामग्रीसहित २ जना प्रतिनिधिहरु सहभागी हुने व्यवस्था मिलाइएको पनि स्पष्ट पारेको छ ।

सडकको केवल व्यवस्थापन गर्ने काममा काठमाडौं महानगरपालिका, नेपाल दुर संचार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण पनि सहभागी भएका छन । काठमाडौं महानगरलाई व्यवस्थित बनाउन पनि केवल तार व्यवस्थापनको कामलाई निरन्तरता दिइएको महासंघले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);