काँडाघारीबाट ११ वर्षीय बालकको अपहरण | ईमाउण्टेन समाचार

Our Network

साउन १४ २०८३, शुक्रबार

काँडाघारीबाट ११ वर्षीय बालकको अपहरण

apaharan

काठमाडौँ, २१ साउन । काठमाडौंको काँडाघारीबाट ११ वर्षीय बालक निशान खड्का अपहरण गरिएका छन् ।
उनलाई आइतबार साँझ आफ्नै घर नजिकबाट अपहरणमा परेको प्रहरीले बताएको छ । सोमबार बिहान अपहरणकारीले बालकको परिवारलाई सम्पर्क गरी ४० लाख रुपैयाँ माग गरेको बताइएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार अपहरणकारीले सोमबार बिहान बालकको परिवारसँग ४० लाख रुपैयाँ माग गरेको छ। घटनास्थलमा नै रहेका एसएसपी पोखरेलका अनुसार घटनामाथी अनुसन्धान सुरू भईसकेको सकेको छ।

ताजा समाचार