टाटा मोटर्सको 'आफ्नो गाडी, आँफै सवारी' अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

टाटा मोटर्सको ‘आफ्नो गाडी, आँफै सवारी’ अभियान सुरु

tata motors

काठमाडौं, २० साउन । टाटा मोटर्स नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘आफ्नो गाडी आँफै सवारी’ नामक ब्यबसायिक अभियान सुरु गरेको छ । टाटा मोटर्सले आईतबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘आफ्नो गाडी आँफै सवारी’ अभियान सुरु गरेको जानकारी गराएको छ ।

रोजगारीको अवसर खोजीरहेका यूवा प्रति लक्षित गरि ल्याइएको यो अभियान निकै लोकप्रिय हुने कम्पनीको दाबी छ । यस अभियान अन्तर्गत प्रत्येक टाटा सुमो गोल्डको खरिदमा ग्राहाकले निशुल्क ड्राईभिङ तालिम र मेकानिकल तालिम पाउनु का साथै सुलभ फाईनान्स सेवाको साथमा १ वर्षको ईन्स्योरेन्सको सुविधा पनि पाउने छन ।

पहिलो चरणमा २ सय जनाले यो अभियान मार्फत गाडी खरीद गर्न पाउने छन् । यस अभियानले स्वदेशमा नै रोजगारीको श्रृजना गरी यूवाहरुको बैदेशिक रोजगारीका लागि विदेशिनु पर्नै बाध्यतालाई कम गर्नै कम्पनीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);