ग्लोबल रिच अस्ट्रेलियन युनिभर्सिटि मेला सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

ग्लोबल रिच अस्ट्रेलियन युनिभर्सिटि मेला सम्पन्न

Australian UNI Fair Photo

काठमाडौं, २० साउन । ग्लोबल रिच नेपालको आयोजनामा यही २०७५ श्रावण १९ गते शनिबार काठमाण्डौ स्थित होटल डेला अन्नपूर्ण दरबार मार्ग काठमाण्डौंमा भएको अस्ट्रेलियन युनिभर्सिटि मेला भव्यताका साथ सम्पन्न भएको छ । मेलाको उद्घाटन विहान १० बजे नेपालका लागि अस्ट्रेलियन राजदुत पिटर बुड्डले गरेका थिए ।

नेपालमा भएका अष्ट्रेलियन युनिभर्सिटि मेला मध्ये यो हालसम्म कै ठूला हो । शैक्षिक मेला विहान १० बजे देखि साँझ ५ बजे सम्म सञ्चालन भएकोे थियो । उक्त शैक्षिक मेलामा विश्व सूचिमा अग्रस्थानमा रहेका अष्ट्रेलियाका उत्कृष्ठ ३५ युनिभर्सिटिहरुको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ । मेलामा सहभागी विद्यार्थीहरुले यस मेलाबाट आफुहरुले अस्ट्रेलियामा पाउने छात्रवृत्ति लगायत अध्ययनका लागि अस्ट्रेलिया जाने प्रकृयाका बारे यथेष्ट जानकारी पाएकोमा यो मेला निकै उपब्धिमुलक भएको भन्दै सन्तोष व्यक्त गरेका थिए ।

मेला अवधिभर लगभग १००० भन्दा बढी विद्यार्थीहरुले मेलामा सहभागी विभिन्न युनिभर्सिटिका प्रतिनिधिहरुसंग सिधै भेटघाट गर्नुको साथै युनिभर्सिटिका बारेमा प्रत्यक्ष छलफल गरी आफुले अध्ययन गर्न चाहेको विषयमा यथेष्ट जानकारी लिएका छन् । साथै उक्त अस्ट्रेलियन युनिभर्सिटि मेला उपत्यका बाहिरका तीन वटा शहर बुटवल, चितवन र पोखरामा पनि गरिएको थियो ।

श्रावण १७ गते विहिबार बुटवलको क्लब डि नोभोमा मध्यान्ह १२ बजे देखि ४ बजे सम्म, श्रावण १८ गते शुक्रबार चितवनको भरतपुर गार्डेन रिसोर्टमा बिहान ११ बजे देखि ३ बजे सम्म र श्रावण २० गते आइतबार पोखराको सिटी स्क्वायर बैंङ्केट न्यूरोडमा विहान ११ बजे देखि ४ बजे सम्म मेला सञ्चालन भएको थियो जसमा उल्लेख्यरुपमा विद्यार्थीहरुको सहभागिता रहेको आयोजकद्वारा जानकारी दिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);