जनप्रतिनिधिको सवारीसाधन मोह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जनप्रतिनिधिको सवारीसाधन मोह

sarkari gadi

काठमाडौं, १८ साउन । लामो समयसम्म देशभर स्थानीय तहमा जनप्रतिनिधि रिक्त रह्यो। झण्डै दुई दशकपछि स्थानीय तहमा जनप्रतिनिधिमा जितेर आएका राजनीतिक दलका नेता अधिकांश सुविधा भोगी देखिएका छन्। जनप्रतिनिधि स्थानीय तहमा आएपछि उनीहरुको पहिलो प्राथमिकता भनेकै सवारीसाधन उपयोगमा भएको छ।

दाङ जिल्लामा मात्रै पनि करीब रु २३ देखि ६० लाखसम्मका सवारीसाधन जनप्रतिनिधिले प्रयोग गर्दै आएका छन्। ऐन कानूनमा स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले सवारीसाधनको सुविधा पाउने उल्लेख छ। सोही कानूनलाई टेकेर चर्को मूल्यका सवारीसाधन उनीहरुले किनिरहेका छन्।

स्थानीय तहमा प्रमुखदेखि वडाध्यक्षसम्मले सरकारी सवारीसाधन प्रयोग गरेको पाइन्छ। केही वडाध्यक्षहरूले सवारी प्रयोग नगरे पनि अधिकांशले प्रयोग गरेका छन्। तुलसीपुर उपमहानगरमा जनप्रतिनिधि आएपछि २० वटा मोटरसाइकल तथा नगर प्रमुख र प्रशासकीय अधिकृतका लागि महँगो मूल्यको गाडी खरीद गरिएको छ।

उपमहानगरपालिकाले एउटा मारुती कार, एउटा टाटा जीप, एउटा १५० सिसीको मोटरसाइकल र १२५ सिसीको मोटरसाइकल २० वटा खरीद गरेको उपमहानगरका सूचना अधिकारी झरेन्द्र खरेलले बताउनुभयो। नगर प्रमुख धनश्याम पाण्डेको सवारी करीब रु ५२ लाखको हो। त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत रु ३९ लाख १९ हजार ४६९ को मारुती कारमा चढ्छन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);