वीरगन्जमा यातायात कार्यालय सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वीरगन्जमा यातायात कार्यालय सञ्चालनमा

वीरगन्ज, १८ साउन । प्रदेश २ सरकारले पर्साको वीरगन्जमा यातायात कार्यालय सञ्चालनमा ल्याएको छ । वीरगन्जमा रहेको यातायात व्यवस्था कार्यालय सवारी तथा सवारी चालक अनुमति पत्रको कार्यालय प्रदेश २ को सरकार मातहतमा आएको हो ।

यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको मातहतमा आएपछि कार्यालयबाट उठ्ने राजश्व प्रदेशको हुने भएको छ । कार्यालयको उद्घाटन गर्दै प्रदेश २ का भौतिक पूर्वाधार तथा यातायात विकासमन्त्री जितेन्द्र सोनलले कार्यालय पहिलेदेखि नै भएपनि प्रदेश सरकारको मातहतमा आएकाले उद्धघाटन गरिएको बताए । पहिले नै सञ्चालनमा रहेको कार्यालयको उद्घाटन गरिएको भन्दै मन्त्री सोनालको आलोचना भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);