जनगुनासो सुनुवाई गर्न मन्त्रालयबाटै टेलिफोन संवाद | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

जनगुनासो सुनुवाई गर्न मन्त्रालयबाटै टेलिफोन संवाद

काठमाडौं, १८ साउन । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले जनताको गुनासो तत्काल सुनुवाई गर्न टेलिफोन संवाद कार्यक्रम सुरु गरेका छन् ।

मन्त्री पुनले शुक्रबारबाट सिधैं जनताको गुनासो सुनुवाई गर्न मन्त्रालयबाटै टेलिफोन संवाद गर्न सुरु गरेका हुन् । त्यस अवसरमा उनले देशका विभिन्न भागका जनताको गुनासो सुनुवाई गर्दै जलविद्युत आयोजनाको परिचालनबाट सबै भेगका जनतालाई समृद्ध बनाउने योजना अघि सारे।

मन्त्री पुनले हिमाल, पहाड र तराईका जनतालाई प्रत्यक्ष लाभ पु-याउन सरकारले करिव ३ हजार ५ सय मेघावाट क्षमताको १६ वटा जलविद्युत आयोजना छनौट गरेको उल्लेख गर्दै त्यसले जनतालाई समृद्ध बनाउन सघाउ पु-याउने विश्वास व्यक्त गरे ।

उनले विद्युत आपूर्तिलाई सहज बनाउन नेपाल विद्युत प्राधिकरणलाई चुस्त बनाउने प्रतिवद्धता व्यक्त गरे । मन्त्री पुनले विद्युत महशुल उठाउने विषयलाई सहज बनाउन थप गृहकार्य गर्ने आश्वासन दिए ।

मन्त्री पुनसँग सेवाग्राहीहरुले जलविद्युत क्षेत्रको विकासमार्फत् जनतालाई समृद्ध बनाउने योजना के छ भनि टेलिफोनमार्फत जिज्ञासा राखेका थिए । यता, मन्त्री पुनले मुलुकलाई एकतावद्ध बनाउन पनि सबै क्षेत्रका जनताको सहभागितामा जलविद्युत आयोजना निर्माणको काम अघि बढाउने योजना अघि सारेको जवाफ दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);