६० बर्ष देखि म्याद थपेको थप्यै, अझै बनेन कान्ति लोकपथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

६० बर्ष देखि म्याद थपेको थप्यै, अझै बनेन कान्ति लोकपथ

lokpath

काठमाडौं, १८ साउन । कान्ति लोकपथ यस वर्ष पनि सम्पन्न हुन सकेन । तोकिएको समयमा काम नसकिएपछि कान्ति लोकपथ निर्माण योजनाको म्याद थप्न माग गरिएको छ ।

१ वर्ष म्याद थप्न सडक विभागसँग प्रस्ताव पठाएको उक्त योजनाका इन्जिनियर नरेन्द्र भट्टले जानकारी दिए । ‘लगभग सम्पूर्ण काम अन्तिम अबस्थामा पुर्याइएको छ । केही काम बाँकी रहेकोले म्याद थप्नुपरेको हो,’ इन्जिनियर भट्टको दावी थियो । आगामी दुई हप्ताभित्र १ वर्षकै म्याद थपिने बताउँदै उनले अघिल्लो आर्थिक वर्षभित्र नै काम सकी काठमाडौं–मकवानपुर (हेटौडा)मा सवारी गुडाउने लक्ष्य भए भए पनि पूरा नभएको स्वीकार गरे ।

छोटो दुरी भएकाले कम समयमै आउन जान सकिने हुँदा सरकारले यसलाई बैकल्पिक मार्गको रुपमा विशेष प्राथमिकतामा दिँदै आएको छ । वि स २०१३ सालमा ट्रयाक खोलिएको यस मार्गमा २०७१/७२ देखि बहुबर्षिय ठेक्का लगाइएको थियो । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);