एजेन्सी, १६ साउन । अमेरिकाले उत्तर कोरियामाथि मिसाईल निर्माण गरिरहेको आरोप लगाएको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच गत जुन महिनामा भएको सिङगापुर वार्तापछि निकट देखिएका दुई देशबीच पुन तनाव आउने देखिएको छ । उत्तर कोरियाले तरल इन्धनयुक्त अन्तरमाहाद्धिपीय बैलेस्टिक मिसाइल बनाउन लागेको अमेरिकाले खुलासा गरेको छ ।
अमेरिकाले अब उत्तरसँगको सम्बन्धमा समिक्षा हुने पनि जनाएको छ । यसैबीच उत्तर कोरियाले अमेरिकी आरोपको खण्डन गरेको बीबीसीले जनाएको छ ।