चिकित्सा शिक्षा विधेयक संघीय संसदमा पेस | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

चिकित्सा शिक्षा विधेयक संघीय संसदमा पेस

काठमाडौं, ११ साउन । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संघीय संसदमा पेस भएको छ ।  शुक्रबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक प्रस्तुत गरेका हुन् ।

विधेयकमाथि सांसद गगन कुमार थापा, प्रेम सुवाल र सरिता गिरीको विरोधको सूचना परेको थिए । विरोधको सूचनाको प्रस्तावका बारेमा बोल्दै नेपाली काँग्रेसका सांसद गगन थापाले कांग्रेसको सदन संघर्षका कारण डाक्टर गोविन्द केसीको माग पुरा गर्न सरकार बाध्य भएको बताए ।

निरन्तरको संसद बैठक अवरुद्धसंगै सडकमा बढ्दै गएको सरकार विरोधी आवाज पछि अन्तत सरकारले डाक्टर केसीका माग सम्बोधन गरेको उनले टिप्पणी गरे ।

उनले भने “केही माननिय सदस्यहरुले प्रश्न गर्नुभएको थियो । संसदको बैठकमा काँग्रेस किन उठिरहेको ? मैले उहाँहरुलाई भने काँग्रेस नउठेको भए डा.गोविन्द केसी सुतेको सुतै हनुहुन्थ्यो भनेर । नेपाली कांग्रेस उठेको उठेई गर्यो र आज सरकार गोविन्द केसीलाई उठाउन बाध्य भएको छ ।”

प्रतिनिधिसभाको अर्को बैठक आगामी बुधबार बिहान ११ बजेका लागि बोलाईएको छ । यसैबीच, संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सहमति संसदमा टेबल भएपछि आफुहरुले दोश्रो बैठक संचालन गर्न दिएको प्रतिक्रिया दिए । ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);