खारेज भइसकेको मुद्दालाई त्रिविले आधार बनाएको खुलासा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

काठमाडौँ, ५ भदौ । त्रिभुवन विश्वदिद्यालयले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन देखाएको कारण अदालतकै पछिल्लो फैसला प्रतिकूल भएको पाइएको छ। सम्बन्धन पाउँ भनी काठमाडौं नेसनलले दायर गरेको रिटमा कानुनबमोजिम निर्णय गर्नू भन्ने अदालतको फैसलामा टेकेर सम्बन्धन दिएको दनबी त्रिवि उपकुलपति तीर्थ खनियालगायतका पदाधिकारीले गरेका छन्।

 

त्रिवि कार्यकरी परिषदले साउन १२ मा सर्वोच्चको आदेशको बहाना बनाएर प्रक्रिया नै पूरा नगरी ठाडै सम्बन्धन दिने निर्णय गरेको थियो। सो निर्णयबारे चिकित्साशास्त्र अध्ययन संस्थानलाई जानकारीसम्म नगराई गुपचुप राखिएको थियो।