आइतबारदेखि त्रिविमा हिउँदे बिदा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आइतबारदेखि त्रिविमा हिउँदे बिदा

काठमाडौं ।  जाडो बढेसँगै  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफू मातहतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा बिदा दिने भएको छ ।

त्रिविले यही पुस १७ गतेदेखि २२ दिन हिउँदे बिदा दिने निर्णय गरेको हो ।  उक्त समयमा पठनपाठन बन्द हुने र प्रशासनिक काम भने सञ्चालन रहने त्रिविले जनाएको छ ।

त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । बिदाको समयमा तोकिएका परीक्षा भने नियमित रुपमा सञ्चालन हुनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);