लगातारको वर्षासँगै आएको भेलले बाजुरा सदरमुकाम मार्तडी जलमग्न | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

लगातारको वर्षासँगै आएको भेलले बाजुरा सदरमुकाम मार्तडी जलमग्न

barsha jalmagna

काठमाडौं, ११ साउन । लगातारको वर्षासँगै आएको भेलले बाजुरा सदरमुकाम मार्तडी जलमग्न भएको छ ।

खेलकुद विकास समिति वरपरका घरहरू र दुनिहाट बजारका पसलहरू डुबानमा परेका छन । एक्कासी भारी वर्षासंगै आएको भेल बाढीका कारण खेलकुद विकास समिति क्षेत्रको घरहरु डुवानमा परेको स्थानीय कृष्ण खड्काले बताए । खड्कासँगै नरबहादुर रावल, कर्ण बुढा, धनजित अयडी, सरस्वती उपाध्याय लगायतको घर डुवानमा परेको छ ।

यस्तै दुनिहाट बजारमा रहेको पुष्प खड्का, बलेन्द्र केशी, लगायतका घर तथा पसलहरूमा समेत बाढिले क्षती पुर्याएको छ । । घरको कोठा र पसल भित्र बाढी पसेपछि स्थानीय त्रसित बनेका छन । घरको कोठा भित्र बाढी पसेपछि कोठा भित्र रहेका अन्नपात लुगा कपडाहरु भिजेका छन् । बजारभन्दा माथि रहेको नहरका कारण बाढी र पहिरोको जोखिम बढेको स्थानीयले बताएका छन् ।

बडिमालिका नगरपालिकाले सदरमुकाम मार्तडीमा ढल निकासको प्रवन्ध गर्न नसक्दा वर्षेनी यस्तो समस्या दोहोरीने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);