चितवन, ९ साउन । चितवनको भरतपुरमा तीनपांग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि भरतपुर तनावग्रस्त वनेको छ । महानगरको यो निर्णयविरुद्ध आन्दोलित बनेका तीनपांग्रे सवारी साधन सञ्चालकले मोटरसाइकल आगजनी गरेका छन् भने केही सवारीमा तोडफोड गरेका छन् ।
प्रदर्शनकारी र प्रहरीबीच अहिले ढुङ्गा हानाहान भैरहेको छ । उच्च अदालतको आदेश भन्दै भरतपुर महानगरपालिकाले मंगलबारदेखि राजमार्गमा तीनपांग्रे सवारी संचालनमा रोक लगाएपछि तीनपांग्रे सवारी सञ्चालक आन्दोलित बनेका हुन् ।
तीनपांग्रे सवारीसाधनको विभिन्न समिति, उपसमिति, टूेड युनियनहरुले बुधवार भरतपुरको केन्द्रीय बस टर्मीनल क्षेत्रमा प्रर्दशन गरेका हुन् । भरतपुर महानगरपालिकाभित्र साउन ५ गतेदेखि तीनपाङग्रे सवारी साधनलाई मुख्य राजमार्गमा संचालनमा रोक लगाउने निर्णय गरेको थियो ।




