काठमाडौं, ९ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले समतामुलक समाज निर्माणका लागि सरकारले काम गरिरहेको बताएका छन् ।
बुधबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको पाँचौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले सामाजिक न्याय सहितको विकास सरकारको लक्ष्य रहेको बताए । मुलुकमा शक्तिशाली कम्युनिष्ट पार्टी नेतृत्वको सरकार रहेको उल्लेख गर्दै अध्यक्ष दहालले विकास र समृद्धिका लागि सरकारले ठोष योजना बनाइरहेको बताए ।
अध्यक्ष दाहालले कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने अभियानमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता कर्माचार्यले खेल्नु भएको भूमिका प्रशंसनीय रहेको बताए ।