मन्त्रीलाई बाँध्ने आचारसंहिता खै ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

मन्त्रीलाई बाँध्ने आचारसंहिता खै ?

simhadarbar

काठमाडौं, ९ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरुका लागि आचारसंहिता लागू नगर्दा अभिव्यक्ति विवादमा पर्ने गरेको छ । सार्वजनिक पदमा बसेका व्यक्तिहरुले बोल्ने अभिव्यक्तिकै कारण विवादमा पर्ने मात्र होइन पदबाट राजीनामा दिने अवस्थासमेत सिर्जना भएको छ ।

मन्त्रीहरुका लागि आचारसंहिता बनाउने विषयमा मन्त्रिपरिषद्को कार्यालयमा लामो समयदेखि बहस चल्दै आए पनि आचारसंहिता भने बन्न सकेको छैन । आचारसंहिता अभावमा मन्त्रीहरुले कस्तो कार्यक्रममा जाने, कार्यक्रममा के अभिव्यक्ति दिने भन्ने ज्ञानविना नै जथाभावी हिँड्ने बोल्ने गरेका छन् । विभागीय मन्त्रालयभन्दा पनि सस्तो लोकप्रियताका लागि सभा समारोह, कार्यक्रम उद्घाटन गर्दै हिँड्ने होड मन्त्रीहरुमा चलेको छ ।

नीति निर्माण गर्नुपर्ने मन्त्रीहरु दैनिक रुपमा रिबन काट्नमा नै धेरै समय बिताउने गरेका छन् । मन्त्री हुने कार्यक्रमको मापदण्ड आचारसंहिताले तय गर्ने भए पनि मन्त्रिपरिषदको कार्यालयले अहिलेसम्म उक्त आचारसंहिता बनाउनुपर्ने खाँचो महसुस गरेको छैन । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);