केन्द्र नछाड्ने कर्मचारीको तलब गाउँमै पठाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

केन्द्र नछाड्ने कर्मचारीको तलब गाउँमै पठाइने

sarkari karmachari

काठमाडौं, ९ साउन । सरकारले चालू आर्थिक वर्षदेखि स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीलाई सम्बन्धित ठाउँबाट नै तलब पठाउने भएको छ ।

कर्मचारी काठमाडौं उपत्यकाबाहेक विभिन्न जिल्लाका गाउँपालिका, नगरपालिका नगएर हैरान बनाएपछि मन्त्रालयले सरुवा भएका कर्मचारीको निम्ति यस्तो व्यवस्था गरेको हो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार सरुवा भएका कर्मचारी स्थानीय तहमा जान नमानेको र गएका कर्मचारीसमेत केही दिनभित्र केन्द्र नै फर्किने गरेकोले सम्बन्धित ठाउँबाटै तलब पठाउन थालिएको हो । समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);