प्रधानमन्त्री देउवाद्वारा मन्त्रिमण्डल विस्तार, ८ राज्यमन्त्री थप | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिमण्डल विस्तार, ८ राज्यमन्त्री थप

काठमाडौं, ४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट सिफारिस भएका ८ जना नेतालाई राज्य मन्त्रीको सपथ खुवाएका हुन् ।

 

माओवादी केन्द्रले राज्यमन्त्रीको नाम टुङ्गो लगाएर आझै प्रधानमन्त्री देउवा समक्ष नामावली बुझाएको थियो । सोहि नामावलीका आधारमा देउवाले मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

 

को-को भए राज्यमन्त्री

१. मोहम्मद जाकिर हुसेन महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री

२. रामसिंह यादव, स्वास्थ्य राज्यमन्त्री

३. श्यामकुमार श्रेष्ठ, गृह  राज्यमन्त्री

४.  शम्भुलाल श्रेष्ठ, ऊर्जा  राज्यमन्त्री

५. कर्णबहादुर विक, आपूर्ति  राज्यमन्त्री

६. छमबहादुर गुरुङ, सहरी विकास  राज्यमन्त्री

७. गोमा कुँवर, पशुपक्षी विकास  राज्यमन्त्री

८. ओङ्दी शेर्पा, सामान्य प्रशासन राज्यमन्त्री