मन्त्रिमण्डल विस्तार गर्दै प्रधानमन्त्री देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौं, ४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो पटक मन्त्रिमण्डल विस्तार गर्न लागेका छन् । आज उनले २१ जना राज्यमन्त्री थप गर्ने तयारी गरेका छन् । जसमध्ये कांग्रेसबाट १० जना, माओवादी केन्द्रबाट ८ जना र फोरम लोकतान्त्रिकबाट ३ जना राज्यमन्त्री थपिदै छन् ।

 

माओवादी केन्द्रले राज्यमन्त्रीको नाम टुङ्गो लगाएर आझै प्रधानमन्त्री देउवा समक्ष नामावली बुझाएको छ । काँग्रेस र फोरम लोकतान्त्रिकले अझै नामावली टुंगो लगाएन सकेका छैनन् ।

 

माओवादी केन्द्रबबाट जाकिर हुसैन उर्जाराज्यमन्त्री, श्यामकुमार श्रेष्ठ गृहराज्यमन्त्री, रामा सिंह यादव परराष्ट्रराज्यमन्त्री, शम्भुलाल श्रेष्ठ स्वास्थ्यसज्यमन्त्री, कर्णबहादुर विक आपूर्तिराज्यमन्त्री, छमबहादुर गुरुङ सहरी विकासराज्यमन्त्री, गोमा कुँवर पशुपन्छी राज्यमन्त्री र ओङ्दी शेर्पा सामान्य प्रशासन राज्यमन्त्रीका लागि सिफारिस गरिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज साँझसम्म उनीहरुले सपथ लिने कार्यक्रम छ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);