नेविसंघले प्रधानमन्त्री निवास वालुवाटार अगाडि विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

नेविसंघले प्रधानमन्त्री निवास वालुवाटार अगाडि विरोध प्रदर्शन

nebisangh

काठमाडौं, ८ साउन । नेपाल विद्यार्थी संघ नेविसंघले मंगलबार बिहान प्रधानमन्त्री निवास वालुवाटार अगाडि विरोध प्रदर्शन गरेको छ ।

नेविसंघले बिहान कानुनमन्त्री शेरबहादुर तामाङको अभिव्यक्तिको विरोधमा उनको वर्खास्तीको माग गर्दै विरोध प्रदर्शन गरेको हो । बंगालादेशमा मेडिकल शिक्षा पढ्ने छात्राबारे अर्मयादित अभिव्यक्ति दिएका कानूनमन्त्री शेरबहादुर तामाङको राजीनामा माग गर्दै प्रधानमन्त्री निवासअगाडि मंगलबार बिहान विरोध प्रदर्शन गरिएको हो । नेविसंघका महामन्त्री कुन्दन राज काफ्लेको नेतृत्वमा धर्ना कार्यक्रममा आयोजना भएको हो ।

विरोध कार्यक्रममा विद्यार्थी नेताहरु जानुका पन्त, तुलसा पन्त, ललिता सुनुवार, पुनम लामाले सम्बोधन गरेका थिए । मन्त्री तामाङले बंगलादेशमा मेडिकल शिक्षाका लागि नेपाली छात्राहरुले शरीर सुम्पेर सम्झौता गर्नुपर्ने भन्ने भाषा प्रयोग गरेपछि आलोचित भएका हुन् । मन्त्री तामाङको अभिव्यक्ती पछि देशभर विरोध भएको छ । नेपाली काँग्रेसका भातृ संस्थाहरु सडकमै उत्रिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);