एक वर्षमा ३० अर्बको चामल आयात | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

एक वर्षमा ३० अर्बको चामल आयात

close up of basmati rice

काठमाडौं, ८ साउन । नेपालमा ३१ लाख हेक्टरमा खेतीयोग्य जमिन रहेका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको तथ्यांक छ । त्यसमध्ये करिब १६ लाख हेक्टरमा धान खेती हुन्छ ।

अहिले नेपालमा ५० लाख टनभन्दा बढी धान उत्पादन हुने तथ्यांक छ। यसको बजार मूल्य एक खर्बभन्दा बढी हुन आउँछ । तर, स्वदेशी उब्जनीले मात्र नेपालको माग नपुग्ने कारण हरेक वर्ष अर्बौं रुपैयाँ बराबरको चामल आयात भइरहेको छ।

आर्थिक वर्ष २०७४ / ७५ मा करिब ३० अर्ब रुपैयाँको चामल आयत भएको अनुमान छ । मन्त्रालयको तथ्यांकअनुसार स्वदेशी माग धान्न वार्षिक ६१ लाख ३८ हजार टन धान उत्पादन हुनु आवश्यक छ । तर, गत वर्ष ५२ लाख ३० हजार मात्र उत्पादन भएको छ। त्यस्तै मकै साढे चार टन, गहुँ दुई लाख अपुग छ । आजको नयाँ पत्रिकाको आर्थिक पृष्ठमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);