सरकार विरुद्ध प्रतिक्रान्तिकारीले चलखेल गरिरहेको प्रचण्डको आरोप | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

सरकार विरुद्ध प्रतिक्रान्तिकारीले चलखेल गरिरहेको प्रचण्डको आरोप

काठमाडौं, ७ साउन ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता प्रक्रियामा सहभागि हुन साना कम्युनिष्ट पार्टीलाई आह्वान गरेका छन् ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणको अभियानमा सहभागि हुन साना दलहरुलाई आह्वान गरेका हुन् । अध्यक्ष दाहालले कम्युनिष्ट पार्टी र सरकारकाविरुद्व प्रतिक्रान्तिकारी शक्तिहरु सल्बलाईरहेको भन्दै सचेत रहन कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहदेखि केन्द्रसम्म सुशासनको प्रत्याभूति दिलाउने काममा पार्टीको सिंंगो शक्ति परिचालन हुनुपर्नेमा जोड दिए । उनले पुष्पलाल श्रेष्ठले स्थापना गरेको पार्टीले ठूलो सफलता हात पारेको भन्दै उपलब्धि जोगाउन सबै एक हुनुपर्ने बताए।

बरिष्ठ नेता नेपालले पार्टीको वर्चश्व रहेको स्थानीय तहमा भ्रष्टाचार मौलाएको गुनासो आउने गरेको भन्दै सचेत रहन आग्रह गरे ।