काठमाडौं, ६ साउन । ग्रील तथा स्टील व्यवसायी महासंघले सरकारी नीति लाई स्वीकार गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले सरकारको नीति अनुसार ग्रिल व्यवसायलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष कटुवालले सरकारले ग्रिल व्यवसायका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याएको भन्दै खुसी पनि व्यक्त गरे। अध्यक्ष कटुवालले आयातित ग्रिल तथा स्टीलहरु छिट्टै प्रतिस्थापन हुनेगरी ग्रिल व्यवसायको प्रवर्धन गर्ने दाबी गरेका छन् ।




