एचआईभी संक्रमित तेस्रोलिंगी बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

एचआईभी संक्रमित तेस्रोलिंगी बढ्दै

tesro linghi

काठमाडौं, ६ साउन । तेस्रोलिंगी महिला तथा पुरुष र समलिंगीहरु एचआईभीलगायतका यौनजन्य सरुवा रोगको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गत असारदेखि चैतसम्म एचआईभी जोखिममा परेका समूहको जैविक र व्यवहारिक अनुसन्धानमा यस्तो देखिएको हो । केन्द्रले तराईका २२ जिल्लामा गरेको सर्वेक्षणमा पुरुष समलिंगी र तेस्रोलिंगीमा एचआईभीको व्यापकता दर आठ प्रतिशतभन्दा बढी देखिएको छ ।

केन्द्रले भारतमा काम गरेर फर्केका आप्रवासी पुरुष, उनीहरुका श्रीमती र महिला यौनकर्मी जस्ता जोखिम समूहबीच यस्तो सर्वेक्षण गरेको थियो । यस्तो समूहमा कन्डमको प्रयोग, एचआईभीसम्बन्धी ज्ञान र परामर्श सेवा पनि कम देखिएको छ । त्यस्तै सुईद्धारा लागूपदार्थ प्रयोगका कारण पनि कतिपय एचआईभीको जोखिममा परेको अध्ययनमा देखिएको छ । आजको कान्तिपुरले पृष्ठ ५ मा यो समाचार छापेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);