शिक्षा क्षेत्रलाई राजनीति मुक्त बनाउँछु : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८१, शनिबार

शिक्षा क्षेत्रलाई राजनीति मुक्त बनाउँछु : प्रधानमन्त्री ओली

pm kpsharma oli

काठमाडौं, ५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा राजनीति बन्द गर्ने घोषणा गरेका छन् । त्रिभूवन विश्वविद्यालयको सिनेट बैठक उदघाटन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले शैक्षिक क्षेत्रलाई राजनीति मुक्त राख्ने बताएका छन् । उनले शिक्षा क्षेत्रको राजनीतिले शैक्षिक गुणस्तरमा समस्या देखिएको भन्दै यस क्षेत्रलाई राजनीति मुक्त बनाउने बताए ।

प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिको लागि व्यवहारिक शिक्षा आवश्यक भएको भन्दै आवश्यक योजना बनाएर अगाडि बढे मात्र गुणस्तरीय शिक्षाको लक्ष्यमा पुगिने बताए । उनले त्रिभुवन विश्वविद्यालय अध्यययनको मात्र नभएर अनुसन्धानको पनि प्रमुख केन्द्र बन्नुपर्नेमा जोड दिए ।

शिक्षा मन्त्री तथा विश्वविद्यालयका सह–कुलपति गिरीराजमणि पोखरेलले विश्व विद्यालयलाई संघीय संरचनामा लैजान समस्या भएकाले नयाँ ढंगले अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा अन्य वक्ताहरुले भने त्रिभुवन विश्व विद्यालयभित्र हुने राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षा क्षेत्रमा सुधार नहुने भन्दै राजनीति अन्त्य गर्न सुझाव दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);