बेनी–जोमसोम सडकमा राती सवारी चलाउन रोक | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

बेनी–जोमसोम सडकमा राती सवारी चलाउन रोक

beni-jomsom sadak1

म्याग्दी, ४ साउन । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकखण्डमा रातिको समयमा सवारी चल्न रोक लगाइएको छ । बर्षाका कारण पहिरो झर्ने र सडक भासिन थालेपछि रातको समयमा सवारी चल्न रोक लगाइएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।

बिहिबार म्याग्दीको बेनीमा बसेको सुरक्षा समितिको बैठकले साउन ५ गतेदेखि रातको समयमा सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो ।

beni-jomsom sadak

बेनी–जोमसोम सडकखण्ड निर्माणधीन अवस्थामा छ । दिउँसोको समयमा पनि बेनी–जोमसोम सडकखण्डमा जोखिम मोलेर सवारी साधान चलाउने गरिएको छ ।

ताजा समाचार