अमेरिकी राष्ट्रपति ट्रम्पद्दारा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणको निम्ता | ईमाउण्टेन समाचार

Our Network

असोज ३० २०८१, बुधवार

अमेरिकी राष्ट्रपति ट्रम्पद्दारा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणको निम्ता

donald trump

एजेन्सी, ४ साउन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणको निम्ता दिएका छन् ।

ट्रम्पले पुटिनलाई शरद ऋतुमा अमेरिका भ्रमणको निम्ता दिएका हुन् । ट्रम्पले पुटिनसँगको हेलसिन्की सम्मेलन सफल भएको ट्वीट गरेका छन् । ट्रम्प र पुटिनबीच केही दिनपहिले फिनल्याण्डको हेलसिन्कीमा दुई घण्टाभन्दा लामो वार्ता भएको थियो । वार्तापछि राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको रुसी संलग्नताबारे विवादास्पद अभिव्यक्ति दिएका ट्रम्पले तेस्रोपटक बोली फेर्दै सञ्चार माध्यमको कडा आलोचना गरेका छन् ।

उनले पुटिनसँगको वार्ता सफल भएपनि केही शत्रु र सञ्चार माध्यमले गलत अफवाह फैलाएको ट्वीट गर्दै पुटिनसँग दोस्रो वार्ता हुनेमा आफू आशावादी रहेको उल्लेख गरेका छन् । उनले आतंकवाद नियन्त्रण, परमाणु परीक्षण, इजरायलको सुरक्षा लगायत विषयमा पुटिनसँग वार्ताका लागि आफू प्रतिक्षारत रहेको उल्लेख गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);