प्रहरीकै अगाडि सासुले गरिन् ज्वाईँमाथि चक्कु प्रहार | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

एजेन्सी, ४ भदौ । एक महिलाले आफ्नै ज्वाईमाथि प्रहरी चौकीमै चक्कु प्रहार गरेकी छिन् । छोरीले परिवारको स्वीकृतिविना नै प्रेम विवाह गरेको भन्दै ती महिलाले उजुरी गरेकी थिईन् । उजुरी बमोजिम प्रहरी चौकीमा उपस्थित भएका ज्वाईमाथि ती महिलाले ९ पटकसम्म चक्कु प्रहार गरेकी हुन् । खबर अनुसार ती महिलाले साडीमा लुकाएर चक्कु लगेकी थिईन् ।

 

घटना भारत मध्यप्रदेशस्थित इन्दौरको हो । जहाँ सागर पिता र प्रेरणा महाजनले भागेर विहे गरेका थिए । छोरीले सुटुक्क विहे गरेपछि आक्रोशित बनेको परिवारले प्रहरीमा उजुरी गरेका थिए ।

 

प्रहरी चौकीमा सागर र प्रेरणाले बयान दिईरहेका थिए, सोही समय प्रेरणाको पिता, भाई र आमा पनि आईपुगे । रिसले चुर बनेकी प्रेरणाको आमाले सागरमाथि लगातार चक्कु प्रहार गरिन् ।

 

चक्कु प्रहारपछि सागरलाई जिल्ला अस्पताल लगिएको थियो । ज्वाईमाथि चक्कु प्रहार गर्ने सीमा भने प्रहरी हिरासतमै छिन् । यद्यपी प्रेरणाको पिता र भाईलाई भने विहे प्रति कुनै गुनासो थिएन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);