सरकारविरुद्ध नेविसंघकाे प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

सरकारविरुद्ध नेविसंघकाे प्रदर्शन

काठमाडौं, १ साउन । नेपाली कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले मंगलबार पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ । नेविसंघले माथेमा प्रतिवेदन लागू गरेर वरिष्ठ चिकित्सक गोविन्द केसीको माग पूरा गर्न सरकारलाई दवाव दिँदै मंगलबार पनि माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍यालीसहित प्रर्दशन गरेको हो ।

सरकारले नागरिकको अधिकार खोसेकाले त्यसको विरुद्धमा नेविसंघले विरोध प्रदर्शनलाई निरन्तरता दिएको संघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।

नेविसंघले विभिन्न माग राखेर बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि नेविसंघका नेता तथा कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । झडपमा परी १० भन्दा बढी नेता तथा कार्यकर्ता घाइतेसमेत भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);