नेपाली र विदेशीलाई दिइने बीमा रकममा विभेद नगरिने | ईमाउण्टेन समाचार

Our Network

जेठ १२ २०८३, बुधवार

नेपाली र विदेशीलाई दिइने बीमा रकममा विभेद नगरिने

काठमाडौं, १ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले हवाई दुर्घटनापछि नेपाली र विदेशीलाई दिइने बीमा रकममा विभेद नगरिने बताएका छन् ।

चितवनको सौराहामा पर्यटकीय बस सेवाको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले दुर्घटनापछि नेपाली र विदेशीलाई दिइने बीमा रकममा विभेद नगरिने बताएका हुन् ।

उनले मन्त्रीपरिषदबाट बराबरी बीमा रकम हुने पास भएकाले अब संसदमा प्रस्तुत गरिने बताए ।  हवाई दुर्घटना हुँदा नेपालीले ३० लाख र विदेशीले एक करोड ५० लाख पाउँदै आएका छन् ।