राप्रपा विवाद : पशुपति राणा समुहले पुर्‍यायो ४० प्रतिशत केन्द्रीय सदस्य र सांसद | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

काठमाडौँ, ४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले दर्ताका लागि पशुपतिशमशेर राणा समूहले आवश्यक केन्द्रीय सदस्य र सांसद संख्या पुर्‍याएको छ । राप्रपा प्रजातान्त्रिकले २२ साउनमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुरूप आवश्यक पर्ने ४० प्रतिशत केन्द्रीय सदस्य र सांसद संख्या आफूहरूले पुर्‍याएको राप्रपा प्रजातान्त्रिक प्रचार समिति संयोजक सुनील थापाले जानकारी दिए । ‘हामीले दल दर्ताका लागि आवश्यक पर्ने केन्द्रीय सदस्य र सांसद संख्या पुर्‍याइसक्यौ थापाले भने, ‘त्यो जानकारी आइतबार निर्वाचन आयोगमा गराउँछौँ।’

निर्वाचन आयोगको अभिलेखमा राप्रपा केन्द्रीय समितिको संख्या १५६ सदस्यीय छ । त्यसको ४० प्रतिशत पुर्‍याउन ६२ सदस्य आवश्यक पर्नेमा आफूहरूसँग ६४ जना पुगिसकेको थापाको दाबी छ । आयोगले राप्रपा प्रजातान्त्रिकलाई आज दल दर्ताका लागि आवश्यक पर्ने सनाखतसहित उपस्थित हुन निर्देशन दिएको छ।

आयोगका सहसचिव सुशील कोइराला सहसचिव र सहन्यायाधिवक्ता घनश्याम ओझाले ५६ केन्द्रीय सदस्यको हस्तक्षर सनाखत गरिसकेको थापाले बताए । सो सनाखत २९ साउनमा राप्रपा प्रजातान्त्रिकका महामन्त्री राजेन्द्र लिङ्देनले निर्वाचन आयोगलाई पठाएको पत्रले पुष्टि छ। त्यस्तै, सनाखत गर्न छुटेका पाँचजनाले आयोगमा आफैँ उपस्थित भएर राप्रपा प्रजातान्त्रिकको पक्षमा रहेका लिखित निवेदन दिएका छन्। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);