झापा, २८ असार । नेपालको पूर्वी नाकामा ‘एक्सरे मेसिन’ सहित एकीकृत जाँच प्रणाली संचालनमा आएको छ । मेची भन्सार कार्यालयले नेपाल भारत नाकामा हुने अवैध ओसारप्रसार नियन्त्रण गर्न ‘एक्सरे मेसिन’ सहित एकीकृत जाँच प्रणाली संचालनमा ल्याएको हो ।
यात्रुलाई सहज तरिकाबाट जाँच गर्न र शंकास्पद सामानलाई मेसनद्धारा स्क्यान गरेर जाँच गरिने छ । मेसिन जडान गरेपछि भन्सार छली, अवैध सामानको पैठारी नियन्त्रण हुने भन्सार कार्यालयको भनाइ छ ।
एक्सरे मेसिन संचालनमा आएसँगैै भन्सार जाँच टोलि, नेपाल प्रहरी र भन्सार सुरक्षा गुल्म काँकरभिट्टाको संंयुक्त टोलिले एकै ठाँउबाट जाँच गर्न थालेका छन् । भन्सारको निगरानीमा ३२ वटा सिसि क्यामेरा समेत जडान गरिएको छ ।
मेची भन्सार नाकाबाट भारत बंङलादेश, भुटान लगायतका तेस्रो मुलुकबाट सामान आयात निर्यात हुने गरेको छ ।




