मोरङको बुधनगरमा एकीकृत जाँच भन्सार बिन्दु निर्माणको प्रक्रिया शुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

मोरङको बुधनगरमा एकीकृत जाँच भन्सार बिन्दु निर्माणको प्रक्रिया शुरु

१८ माघ, बिराटनगर ।
मोरङको बुधनगरमा भारतले एकीकृत जाँच भन्सार बिन्दु (आइसीपी) निर्माणको प्रक्रिया शुरु गरेको छ । आइसीपी निर्माण गर्ने दुई देशीय सहमति भएको १२ वर्षपछि भारतले नेपालमा आइसीपी निर्माणको काम अघि बढाएको हो । भारतको जोगवनी नाकामा भने यसअघि नै आइसीपी निर्माण सम्पन्न भई सञ्चालनमा छ । नेपालका तर्फबाट आइसीपी निर्माणका लागि बुधनगरको १६९ विघा जमीन भारतीय पक्षलाई हस्तान्तरण

मोरङको बुधनगरमा एकीकृत जाँच भन्सार बिन्दु निर्माणको प्रक्रिया शुरु

१८ माघ, बिराटनगर ।

मोरङको बुधनगरमा भारतले एकीकृत जाँच भन्सार बिन्दु (आइसीपी) निर्माणको प्रक्रिया शुरु गरेको छ । आइसीपी निर्माण गर्ने दुई देशीय सहमति भएको १२ वर्षपछि भारतले नेपालमा आइसीपी निर्माणको काम अघि बढाएको हो । भारतको जोगवनी नाकामा भने यसअघि नै आइसीपी निर्माण सम्पन्न भई सञ्चालनमा छ । नेपालका तर्फबाट आइसीपी निर्माणका लागि बुधनगरको १६९ विघा जमीन भारतीय पक्षलाई हस्तान्तरण गरिएको छ ।

 

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बिराटनगरका प्रमुख श्यामसुन्दर सिंहले आइसीपी निर्माणका लागि आवश्यक जग्गा भारतलाई हस्तान्तरण गरेका छन् । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय मोरङले गत २९ मंसिरमै नेपालतर्फ निर्माण हुने आइसीपीका लागि आवश्यक जग्गा भारतीय पक्षलाई हस्तान्तर गरेको हो । नेपाली पक्षले जग्गा हस्तान्तरण गरेको दुई महिनापछि भारतीय पक्षले नेपालतर्फको आइसीपी निर्माणको काम अघि बढाउँदैछ ।

 

आइसीपी निर्माणका लागि भारत सरकारबाट आफूले ठेक्का पाएको दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकम अहमदावादका सञ्चालक अवधेशकुमार साहले बताए । साहका अनुसार भारतको जोगवनीमा आइसीपी निर्माण सकिएपछि नेपालतर्फको बुधनगरमा आइसीपीको भौतिक निर्माणको काम अघि बढाइएको हो ।

‘भारत र नेपाल सरकारबीच भएको द्वीपक्षीय सहमतिअनुसार आइसीपीको काम अघि बढिसकेको छ,’ ठेकेदार साहले भने ‘आइसीपीको निर्माणको काम अब रोकिने छैन ।’ आइसीपी निर्माणमा संलग्न सर्वेयर सन्तोष रामका अनुसार फेब्रुअरी १ अर्थात बुधबारदेखि आइसीपी निर्माण शुरु हुनेछ । पहिलो चरणमा आइसीपी जाने लिङ रोड निर्माणको काम अघि बढ्ने छ ।

 

सर्वेयर रामका अनुसार अबको दुई वर्षभित्र नेपालतर्फको आइसीपी निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);