फेरि संसदमा चिकित्सा विधेयक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

फेरि संसदमा चिकित्सा विधेयक

samsadh

काठमाडौं, २८ असार । सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रोपटक बिहीबार संसदमा पेश गर्ने भएको छ ।

शिक्षा मन्त्रालयले गत शुक्रबार संसदमा दर्ता गराएको विधेयक फेरि पेश गर्न लागिएको छ । राष्ट्रपतिबाट वैशाख १३ मा जारी अध्यादेश निष्क्रिय भएपछि सरकारले विधेयक संसदमा पठाएको हो । यसअघि २०७३ भदौ २९ मा तत्कालीन शिक्षामन्त्री धनीराम पौडेलले विधेयक पेश गरेका थिए । अघिल्लो संसदको अन्तिम बैठक ०७४ असोज २७ गतेसम्म पारित गर्ने प्रयास असफल भएपछि यो निष्क्रिय भएको थियो ।

शेरबहादुर देउवा नेतृत्व सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ०७४ कात्तिक २४ मा अध्यादेश जारी गरेकी थिइन् । संघीय संसदको पहिलो अधिवेशनमा प्रतिस्थापन विधेयक पेश गर्न नसकेपछि केपी ओली नेतृत्वको सरकारको सिफारिसमा पुनः राष्ट्रपतिले अध्यादेश जारी गरेकी थिइन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);