राप्रपाले ५० हजार सक्रिय सदस्य बनाउने | ईमाउण्टेन समाचार

Our Network

साउन १८ २०८३, मंगलबार

राप्रपाले ५० हजार सक्रिय सदस्य बनाउने

rajapa

काठमाडौं, २८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले सक्रिय सदस्यता वितरणलाई अभियानकै रुपमा सञ्चालन गर्ने भएको छ ।

राप्रपाले यो अभियान अन्तर्गत पाँच महिना भित्र ५० हजार सक्रिय सदस्य बनाउने भएको हो । अघिल्लो निर्वाचनमा चौथो ठुलो राजनीतिक शक्तिको रुपमा उदाएको राप्रपा अहिलेको निर्वाचनमा राष्ट्रिय दलको हैसियत समेत कायम राख्न नसक्ने गरि खुम्चिएको थियो ।,

दुईदिन सम्म बसेको केन्द्रीय पदाधिकारी तथा प्रदेश अध्यक्षहरुको संयुक्त बैठकले मंसिर मसान्तसम्म नयाँ थप ५० हजार सक्रिय सदस्य बनाउने गरी सक्रिय सदस्यता वितरण अभियानकै रुपमा प्रारम्भ गर्ने निर्णय गरेको हो । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

ताजा समाचार