काठमााडौं, २६ असार । नेपाल चिकित्सक संघले चिकित्सक गोविन्द केसीको माग सम्बोधन नगरे देशभर स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी दिएको छ ।
संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले चिकित्सक केसीको स्वास्थ्यसम्बन्धि माग तत्काल सम्बोधन नभए इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गराउन आफूहरु बाध्य हुने चेतावनी दिए । उनले चिकित्सक केसीको स्वास्थ्य बाहेकका अन्य मागसँग भने संघलाई कुनै सरोकार नरहेको स्पष्ट पारे ।
संघले चिकित्सक केसीको माग सम्बोधनका लागि सरकारलाई दबाब दिन विगत ३ दिनयता हातमा कालो पटट्ी बाँधेर विरोध प्रर्दशन गर्दै आएको छ ।